कञ्चनपुरमा विद्यार्थी बोकेको बस पोखरीमा खस्यो
कञ्चनपुर, चैत २ : कञ्चनपुरको शुक्लाफाँटा नगरपािलका ११ अमरपुरमा विद्यार्थी बोकेको बस पोखरीमा खसेको छ। युनिभर्सल बाल विद्या निकेतन विद्यालयको म १ ख....

कञ्चनपुर, चैत २ : कञ्चनपुरको शुक्लाफाँटा नगरपािलका ११ अमरपुरमा विद्यार्थी बोकेको बस पोखरीमा खसेको छ। युनिभर्सल बाल विद्या निकेतन विद्यालयको म १ ख ४२४ नम्बरको बस आइतबार दिउँसो बाटो छेउको माछापोखरीमा खसेको हो।
पोखरीबाट ३० जना विद्यार्थीको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बस चिप्लिएर पोखरीमा खसेको थियो।
उद्धार गरिएको बालबालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:४३ बजे, आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

