प्रचण्डको दिग्दारी, ‘राजनीति छोडेर खेती गर्न जाउँकी जस्तो लाग्छ’
काठमाडौं, फागुन ११ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई राजनीतिक परिस्थितिले कहिलेकाहीँ दिक्दारी लाग्ने बताएका छन्।
काठमाडौं, फागुन ११ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई राजनीतिक परिस्थितिले कहिलेकाहीँ दिक्दारी लाग्ने बताएका छन्।
आज भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दिग्दारी लागेर कहिलेकाही खेती गर्न हिँढुकी जस्तो लाग्ने बताए । ‘कहिलेकाहीँ परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडूँ कि भने जस्तो हुन्छ’ उनले भने ।
प्रचण्डले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा पहिला कृषिलाई आधुनिकरण गर्नुपर्ने पनि बताए ।
उनले कृषिमा हाम्रो बजेट नाम मात्रैको भएको बताउँदै कृषिमा लगानी गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।






