Kathmandu Press

गोपाल किराँतीको आरोप- ओली सरकार अमेरिका र भारतसामू लम्पसार पर्‍यो

काठमाडौं, चैत २ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त ज....

गोपाल किराँतीको आरोप- ओली सरकार अमेरिका र भारतसामू लम्पसार पर्‍यो
फाइल

काठमाडौं, चैत २ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको बताएको छ। 

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किराँतीले अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र स्थानीय दलाल पूँजीवादविरुद्ध दीर्घकालीन प्रतिरोध संघर्ष लड्न देशभक्त जनसेना निर्माणको अपरिहार्य आवश्यकता रहेको बताएका हुन्।

उनले नेपाली सेना र प्रहरी सरकारी फौज भएकाले सरकारको निर्देशनमा रहनुपर्ने पार्टीको बुझाइ रहेको बताए। किराँतीले नेपाललाई अफगानिस्तान वा इराक बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद र सिक्किम, भुटान वा फिजी बनाउन खोज्ने भारतीय विस्तारवादसामू लम्पसार परेको आरोप लगाए। उनले देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको बताए। 

मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान इन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे।

अध्यक्ष किराँतीले मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताका लागि छलफल भइरहेको पनि बताए। किँरातीले आफ्नो पार्टी एमसीसी र सीमाका विषयमा दश दलीय मोर्चामा आवद्ध रहेको बताए।
 

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्