Kathmandu Press

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति र मुख्यमन्त्री केदार कार्की नेतृत्वकाे प्रदेश सरकारले बनाएको वार्ता समितिबीच आज दिउँसाे ३ बजे वार्ता हुने बताइएकाे छ।
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

विराटनगर, माघ २५ : पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच आज वार्ता हुँदैछ। प्रदेशको नामकरणपछि असन्तुष्ट बनेका पहिचान पक्षधर संघर्ष समितिले ११ सदस्यीय वार्ता समिति गठन गरेपछिर आज वार्ता हुन लागेकाे हाे। 

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति र मुख्यमन्त्री केदार कार्की नेतृत्वकाे प्रदेश सरकारले बनाएको वार्ता समितिबीच आज दिउँसाे ३ बजे वार्ता हुने बताइएकाे छ।

Hardik ivf

काेशी सरकारका तर्पफबाट भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा वार्ता टोली बनिसकेकाे छ। उक्त वार्ता टाेलीमा  पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य  र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव छन्।पहिचान पक्षधरले बनाएको वार्ता समिति पुनः नामकरण अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमकाे नेतृत्वमा गठन गरिएकाे छ।

साे समितमा किरात याक्थुड चुम्लुङका उपाध्यक्ष गोविन्द आङ्वुहाङ, किरात राई यायोख्खा उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन सदस्य छन्।

त्यस्तै नेकपा (एस) लिम्बू संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बू, नेकपा माओवादी केन्द्र सम्बद्ध किराँत राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राई, जसपा सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगू र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रबहादुर चौधरी पनि समतिका सदस्य छन्।

प्रदेश सरकारको सरकारी वार्ता टोलीले औपचारिक वार्ताका लागि पहिचान पक्षधरलाई पत्र पठाएको थियो।

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्