Kathmandu Press

कोरोना भाइरसकाे प्रभाव : एसईई परीक्षा सर्न सक्ने

काठमाडौं, चैत्र २ : चैत्र ६ गतेदेखि सुरु हुने भनिएको एसईई परीक्षा सर्ने सम्भावना बढेको छ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै स्वास्थ्यमन्त्री....

कोरोना भाइरसकाे प्रभाव : एसईई परीक्षा सर्न सक्ने

काठमाडौं, चैत्र २ : चैत्र ६ गतेदेखि सुरु हुने भनिएको एसईई परीक्षा सर्ने सम्भावना बढेको छ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। 

‘एसईईको परीक्षा सुरू हुनुअघि दुई-तीन दिनसम्म महामारीको अवस्था हेरेर त्यसको तालिका बनाउने सोचाइमा छौँ,’ उनले भने।

विद्यालयले पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै वार्षिक परीक्षा चैत ५ गते भित्र सक्काउने गरी तयारी थालेको छ।

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्