कोरोनाको आशंकामा झापाका युवक ग्रान्डीमा
झापा, चैत २ : कोरोना भाइरस संक्रमण भएको आंशकामा झापाका एक युवकलाई काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ।
झापाका प्रमुख जिल्ला अध....

झापा, चैत २ : कोरोना भाइरस संक्रमण भएको आंशकामा झापाका एक युवकलाई काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार, एक युवकमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ। ज्वरो आएपछि उनलाई विराटनगरस्थित नोवेल मेडिकल अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका चिकित्सककै सल्लाहमा उनलाई काठमाडौंको ग्रान्डी अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी रानाले बताए। ‘कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको थियो,’ प्रजिअ रानाले भने, ‘चिकित्सकहरुकै सिफारिसमा उपचारका लागि ग्रान्डी हस्पिटल लगिएको छ।’
झापाको भद्रपुरका युवकको परिचय खुलाइएको छैन। उनको केही दिनदेखिको आवतजावतबारे जानकारी लिइएको जनाएको छ।











