कोरोना नेपालमा आउन नदिन सावधानी अपनाएका छौं : स्वास्थ्यमन्त्री
काठमाडौं, चैत २ : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन सावधानी अपनाइएको बताएका छन्।
आइतबार राष्ट....

काठमाडौं, चैत २ : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन सावधानी अपनाइएको बताएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा कोरोना भाइरसबारे जानकारी गराउँदै नयाँ संक्रमित नभेटिएको बताए। अहिलेसम्म चार सय ६४ जनामा कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गरिएको र सबै नेगेटिभ आएको उनको भनाइ थियो।
अहिले एक सय २९ नाकामध्ये ४३ नाकामा जाँच भइरहेको जानकारी दिए। यसबारे सतर्कता अपनाउन २१ बुँदे निर्देशन जारी गरेको उनको भनाइ थियो। ‘नेपालभित्र प्रवेश गर्न नदिने लक्ष्यका साथ सावधानी अपनाइरहेका छौं,’ स्वास्थ्यमन्त्री ढकालले भने, ‘हाल मिलाउने, गला मिलाउनेभन्दा निश्चित दूरीबाट नमस्कार गर्ने, हात धुने, भीडमा नजानेजस्ता अन्य विषयमा हामीले ध्यान दिलाएका छौं।’
त्यस्तै, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई पनि जिल्ला नछाड्न निर्देशन दिइसकेको बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

