मकवानपुरको राक्सिराङमा १३० जनामा भाइरल ज्वरो, एककाे मृत्यु
भाइरल ज्वरोका कारण टर्लिङका ६० वर्षीय टLकाबहादुर नगरकोटीको मृत्यु भएको छ।
हेटौंडा, माघ २३ : मकवानपुरको राक्सिराङ गाउँपालिका–९, टर्लिङ गाउँमा भारइल ज्वरोका कारण एक सय ३० जना बिरामी भएका छन्। पाँच दिनअघिदेखि भाइरल ज्वरो फैलिएको जनाइएको छ।
भाइरल ज्वरोका कारण टर्लिङका ६० वर्षीय टLकाबहादुर नगरकोटीको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले जनाए अनुसार सोमबार साँझसम्म टर्लिङ गाउँका एक सय ३० स्थानीयमा भाइरल ज्वरो देखिएकोे छ।
बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुःख्ने लक्षण देखिएकाले दूषित पानीका कारण हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ। ज्वरोको प्रकोपबाट प्रभावित हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म छन्।
प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)