Kathmandu Press

दक्षिण भारतमा ‘मंकी फिभर'का कारण २ जनाको मृत्यु

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन्। हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
दक्षिण भारतमा ‘मंकी फिभर'का कारण २ जनाको मृत्यु

नयाँ दिल्, माघ २३ :ली भारतको दक्षिणी राज्य कर्नाटकमा 'मंकी फिभर'का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ।

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन्। हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यो एक प्रकारको  भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्