पाकिस्तानी अधिकारीहरूद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार
अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए।इस्लामाबाद, माघ २३ : पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन्।
अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए। पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटना स्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत उल्लेख गरेको छ।
फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान शुरु गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले डुङ्गामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आइएसपिआरले जनाएको छ।
पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै सङ्कटग्रस्त डुङ्गाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ।
प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१
सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफलसोमबार, मंसिर ३, २०८१
इजरायली प्रधानमन्त्री नेतन्याहूको घरमा आक्रमणआइतबार, मंसिर २, २०८१
बाइडेनले गरे ह्वाइटहाउसमा ट्रम्पको स्वागतबिहीबार, कात्तिक २९, २०८१