Kathmandu Press

निजी क्षेत्रको कर्जा ४.९ प्रतिशतले वृद्धि 

जस अनुसार चालू आवको पुस मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको हो। जुन १९२ अर्ब ६४ करोडले बढी हो।
निजी क्षेत्रको कर्जा ४.९ प्रतिशतले वृद्धि 

काठमाडौं, माघ २३ : राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ४.९ प्रतिशतले बढेको देखाएको छ।

जस अनुसार चालू आवको पुस मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको हो। जुन १९२ अर्ब ६४ करोडले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३७ अर्ब ३३ करोड ९३.० प्रतिशत० ले बढेको प्रतिवेदनमा उल्लेख छ। वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको जनाइएको छ।

Hardik ivf

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३।२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ। गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.९ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.० प्रतिशतले, विकास बैंकहरुको ४।४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। ६ महिने अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु० सुरक्षणको रुपमा रहेको छ। ६७.७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २।० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले बढेको छ।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्