Kathmandu Press

हालसम्म विश्वको एक सय ५२ देशमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, चैत्र २ : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वको एक सय ५२ देशमा फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गर....

हालसम्म विश्वको एक सय ५२ देशमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, चैत्र २ : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वको एक सय ५२ देशमा फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तत्थ्यांक अनुसार हालसम्म एक लाख ५६ हजार सात सय ४५ जनामा भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने, पाँच हजार आठ सय ३९ ले ज्यान गुमाइसकेका छन् । साथै, संक्रमित मध्ये ७५ हजार नौं सय ३६ जना निको पनि भइसकेका छन्। 

चीनपछि यस भाइरसको अत्यधिक प्रकोप इटाली र इरानमा देखिएको छ। हालसम्म चीनमा ८० हजार चार सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने इटालीमा २१ हजार एक सय ५६ र इरानमा १२ हजार ७ सय २९ जनामा यसको संक्रमण देखिएको छ।

कोरोना भाइरसको प्रकोप नियन्त्रणको लागि विभिन्न प्रयास भइरहेपनि सफल हुन सकेको छैन। विश्व स्वास्थ्य संगठनले पनि गत बुधबार कोरोना भइरसलाई महामारीको घोषणा गरिसकेको छ।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्