Kathmandu Press

नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुंगाे लगाउनुपर्छ : अध्यक्ष ओली

एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जानेक्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पारे। 
नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुंगाे लगाउनुपर्छ : अध्यक्ष ओली

जनकपुरधाम, माघ २२ : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुंगाे लगाउनुपर्ने बताएका छन्। 

एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जानेक्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पारे। 

Hardik ivf

'मस्यौदामा केही नमिलेका कुरा छन्। पीडितहरूले न्याय पाउने, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने र सर्वोच्च अदालतको फैसलासमेतलाई आधार मानेर सङ्क्रमणकालीन न्यायका विषयको टुंगाे लगाउनुपर्छ', अध्यक्ष ओलीले भने, 'मानवअधिकारको रक्षा र दण्डहीनतालाई प्रश्रय नहुने गरी कानुन बन्नुपर्नेमा हाम्रो जोड हो। ती कुरा मिलाएर पास गर्नुपर्छ भनेर हामीले कुरा राखिरहेका छौँ।'

प्रदेश सरकारलाई बाँकी अधिकार दिनेसम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले प्रदेशले आफ्नो अधिकारको कुरा गर्दा स्थानीय तहलाई बिर्सिन नहुने धारणा राखे। उनले पाएका अधिकारको सही सदुपयोग गरेमा जनता आफैँले प्रदेशका अधिकारका कुरा उठाउने भन्दै त्यो विश्वास जगाउन प्रदेश सरकारले काम गर्न नसकेको पनि आरोप लगाए। 

'प्रहरी र कर्मचारी नभएकाले प्रदेशले काम गर्न नसकेको गुनासो मैले पनि सुनेको छु', ओलीले भने, 'सङ्घीयताको सबलीकरणका लागि प्रदेशले राम्रो काम गर्न लाग्नुपर्छ। जनताले प्रदेश चाहिएन भनेर प्रश्न उठाउने ठाउँ दिनुहुँदैन।'

त्यस्तै, अध्यक्ष ओलीले पूर्वराजाका गतिविधिलाई राजनीतिक पार्टी खोल्ने तयारीको पूर्वअभ्यासका रुपमा टिप्पणी गर्दै त्यसबारे कसैले चिन्ता गर्न जरुरी नरहेको धारणासमेत राखे।

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्