Kathmandu Press

पूर्वमिस नेपाल उषा खड्कीले गरिन् सम्बन्ध विच्छेद

काठमाडौं, चैत २ : पूर्वमिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गरेकी छन्। उनले जिपि तिमिल्सिनासँग १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी हुन्।

....

पूर्वमिस नेपाल उषा खड्कीले गरिन् सम्बन्ध विच्छेद
फाइल फाेटाे

काठमाडौं, चैत २ : पूर्वमिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गरेकी छन्। उनले जिपि तिमिल्सिनासँग १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी हुन्।

उनले फेसबुकमा पोस्टमार्फत आफूले सम्बन्ध विच्छेद गरेको सार्वजनिक गरेकी छन्। आफूले लामो सयमदेखि शारीरिक र मानसिक हिंसा भोग्दै आएको उल्लेख गर्दै अब त्यसलाई सहनुको अर्थ नभएको जनाएकी छन्।

उनले फेसबुक स्टाटसमा इमेज च्यानललाई दिएको अन्तर्वार्ता दुइटा क्लिप पनि राखेकी छन्। जुन अन्तर्वार्तामा उनी रोएकी थिइन्।

उनले आफूमाथि भएका हिंसालाई ‘नो’ भन्ने निर्णय गरेको बताएकी छन्। आफू र आफ्नो सन्तानको भविष्यका लागि अलग हुने निर्णयमा पुगेको जनाएकी छन्। साथै आफूलाई साथ र सहयोग दिने सबैलाई धन्यवाद दिएकी छन्।

प्रकाशित मिति: १०:४७ बजे, आइतबार, चैत २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्