Kathmandu Press

प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना भएका छन्।

आज बिहान प्रधानमन्त्री ओली अस्....

प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना भएका छन्।

आज बिहान प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन्। उनी पेटमा राखिएको स्टन्ट निकाल्न अस्पताल भर्ना भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली शुक्रबार डिस्चार्ज भएका थिए। उनको त्रिवि शिक्षण अस्पतालमै फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।

डिस्चार्ज भएकै दिन शुक्रबारदेखि नै प्रधानमन्त्री ओलीले पहिले जसरी नै खानपिन गरेका थिए भने भने शनिबारदेखि राजनीतिक भेटघाट सुरू गरेका थिए।

शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल तथा सचिवालयको टोलीसँग भेटघाट गरेका थिए।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका छन्। उनलाई केयर रुममा राखिएको छ। उनले नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, महासचिव पौडेललगायतलाई केयर रुममै भेटघाट गरेका थिए। उनलाई भेट्दा मास्क लगाउन चिकित्सकले सल्लाह दिएका छन्।

मिर्गौला प्रत्यारोपण गरेका बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। जसले गर्दा अन्य संक्रमण हुने सम्भावना रहन्छ। त्यस्तैले मास्क लगाएर र केही दूरीमा रहेर मात्रै कुराकानी गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १०:१८ बजे, आइतबार, चैत २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्