Kathmandu Press

कोरोनाको संक्रमण रोक्ने बारेमा सार्क राष्ट्रहरूले आज भिडियो सम्वाद गर्ने 

काठमाडौं, चैत्र २ : मुलुकभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने भएका छन् । सार्क क्षेत्रका द....

कोरोनाको संक्रमण रोक्ने बारेमा सार्क राष्ट्रहरूले आज भिडियो सम्वाद गर्ने 

काठमाडौं, चैत्र २ : मुलुकभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने भएका छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले आज भिडियो सम्वादमार्फत छलफल गर्न लागेका हुन् ।

सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो । भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी सवा ५ बजेपछि सम्वोधनगर्नेछन् ।

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नेछन् । भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ ।

सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन गरेका थिए । भारतमा कोरोना भाइरसबाट २ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, चैत २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्