Kathmandu Press

भेनेजुएलामा देखिएको चासो उर्जा हुन सक्छ: अष्ट्रियाली विदेश मन्त्री

काठमाडौं, फागुन ११ : नेपाल भ्रमणमा रहेकी युरोपेली राष्ट्र अष्ट्रियाकी विदेशमन्त्री करीन क्नाइसलले भेनेजुएलामा देखिएको अहिलेको चासो अर्जासँग सम्वन्धीत ....

भेनेजुएलामा देखिएको चासो उर्जा हुन सक्छ: अष्ट्रियाली विदेश मन्त्री

काठमाडौं, फागुन ११ : नेपाल भ्रमणमा रहेकी युरोपेली राष्ट्र अष्ट्रियाकी विदेशमन्त्री करीन क्नाइसलले भेनेजुएलामा देखिएको अहिलेको चासो अर्जासँग सम्वन्धीत रहेको हुन सक्ने बताएकी छन् । 

शुक्रबार परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रिय राजनीतिका धेरै खेल उर्जामा केन्द्रित रहेको बताउदै भनिन्, ‘अहिले भेनेजुएलामा देखिएको चासो पनि उर्जासँग सम्बन्धित हुनसक्छ । भेनेजुएलामा तेलको विशाल खानी छ ।’ 

उनले नेपाल र अष्ट्रियाका बीच नवीकरणीय उर्जा सहकार्यको संभावना रहेको पनि बताएकी छन् । 

अष्ट्रिया र नेपाल दुवै भूपरिवेष्ठित र पहाडी भूगोलका आधारमा मात्र नभइ प्रशस्त नदीहरुका कारण पनि समानता रहेकाले  जलविद्युत लगायतका नवीकरणीय उर्जामा साझेदारी हुन सक्ने बताएकी हुन् । 

उनले नविकरणीय उर्जाको क्षेत्रमा अष्ट्रियाका अनुभव नेपाललाई उपयोगी हुन सक्ने पनि बताईन । 

त्यसका लागि नेपालले आर्थिक र प्राविधिकको सहयोग अपेक्षा गर्नुभन्दा पनि लगानी भित्र्याउन उचित वातावरण बनाउनुपर्ने सुझाव उनले दिइन् । ‘अहिले आर्थिक र प्राविधिक सहयोग माग्ने र अपेक्षा गर्ने भन्दा पनि लगानीमैत्री वातावरण बनाएर लगानीकर्ता भित्राउने पर्छ’ उनले भनिन् ।

नेपाल र अष्ट्रियाको द्विपक्षीय सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको उपलक्ष्यमा नेपालको भ्रमणमा रहेकी क्नाइसलले भूपरिवेष्ठित अवस्था, मुख्यतया पहाडी भौगोलिक बनावट र यस्तो भूगोलका कारण सृजना हुने स्वभावजन्य र सांस्कृतिक व्यवहारका कारण पनि नेपाल र अष्ट्रिया बीच समानता रहेको बताइन् । 

शीतयुद्धको अन्त्य, सोभियत संघको विघटन, अमेरिका केन्द्रित एकध्रुवीय विश्वराजनीतिक संरचना अहिलेको यथार्थ रहेपनि १९५९मा अवस्था अहिलेको भन्दा फरक रहेको उनले बताइन् ।  ‘सन् २०१५ (विसं २०७२)को नेपालमा आएको भूकम्प लगायत नेपालका अप्ठेरा समयमा अष्ट्रियाले सदैव नेपाललाई साथ दिएको छ’ उनले भनिन्, ‘ भूकम्पपछि सांस्कृतिक सम्पदाहरुको पुननिर्माणमा अष्ट्रियाले भूमिका खेल्न पाएकोमा म सन्तुष्ट छु ।’

साथै विकासमा ध्यान दिँदा प्रकृतिलाई आदर गर्दै पर्यावरणीय सन्तुलन कायम गर्न पनि उनले सुझाव दिइन् । 

अष्ट्रियामा ७५ प्रतिशत उर्जाको स्रोत नवीकरणीय रहेकोमा सन् २०३० सम्म त्यसलाई १०० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । अष्ट्रियाको उदाहरणबाट नेपालले सिक्न सक्ने तर त्यहाँ गरिएका गल्तिभने नेपालले दोहो¥याउन नहुनेतर्फ उनले सचेत गराइन् । 

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी उपनिर्देशक डा. इन्द्रकुमारी अधिकारीले नेपाल र अष्ट्रियामा समानता रहेका कारण अष्ट्रियाको अनुभवबाट नेपालले सिक्न सक्ने बताइन् । 
    
 

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, फागुन ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्