सन् २०२३ मा प्रहरीद्वारा ४० हजार बौद्धिक सम्पत्ति अधिकार अपराधहरूको अनुसन्धान
प्रहरी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूका साथै व्यापार गोप्य उल्लङ्घनहरू सम्बन्धी आईपीआर उल्लङ्घनहरू विरुद्ध कडा कारबाही गरेका छन्।
बेइजिङ, माघ २१ : सन् २०२३ मा चिनियाँ प्रहरीले बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) वा गुणस्तरहीन वस्तुको उत्पादन र बिक्री गर्ने जस्ता ४० हजार मुद्दाहरूको अनुसन्धान गरेको छ।
प्रहरी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूका साथै व्यापार गोप्य उल्लङ्घनहरू सम्बन्धी आईपीआर उल्लङ्घनहरू विरुद्ध कडा कारबाही गरेका छन्। गत वर्ष १५० भन्दा बढी प्रविधि सम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको पनि सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ।
साथै प्रतिलिपि अधिकार बजारको व्यवस्थालाई कायम राख्न पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तक, चलचित्र र सफ्टवेयरको प्रतिलिपि अधिकारको आपराधिक उल्लङ्घनका १३ सयभन्दा बढी मुद्दामा राज्यले अनुसन्धान गरेको छ। पछिल्लो समय चीनमा यस किसिमका अनुसन्धानलाई तीव्रता दिइएको छ।
प्रकाशित मिति: १५:२३ बजे, आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)