नापी अधिकृत श्रेष्ठ १७ लाख घुससहित पक्राऊ
काठमाडौं, चैत १ : नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसमेत ६ जनालाई अख्तियारको टोलीले १७ लाख घुस सहित नियन्त्रणमा लिएको छ ।

काठमाडौं, चैत १ : नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसमेत ६ जनालाई अख्तियारको टोलीले १७ लाख घुस सहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले नापी अधिकृत श्रेष्ठ, सर्भेक्षक तीर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायीका लेखापढी व्यवसायी जीवन शर्मालाई पक्राउ गरेको हो ।
उनीहरूले सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने भन्दै घुस लिएका थिए ।
उनीहरूलाई उक्त रकमसहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिका( १३ स्थित बसपार्क छेउको अशोका होटल अगाडीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीहरू माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।











