रामहरि न्यौपानेको ‘गाउँमा मेरो घर’ सार्वजनिक
गायक न्यौपानेकै लय रहेको काँठे लोकदोहोरी गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो।
काठमाडौं, माघ २० : गायक एवं संगीतकार रामहरि न्यौपानेको नयाँ लोकदोहोरी गीत ‘गाउँमा मेरो घर’ सार्वजनिक भएको छ। गायक न्यौपानेकै लय रहेको काँठे लोकदोहोरी गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो।
गीतमा गाउँ घरको कथावस्तु समावेश गरिएको छ। गायनमा न्यौपानेलाई श्यामकुमार राना र सावित्री रानाले साथ दिएका छन्। गीत विष्णु तामाङले एरेन्ज गरेका हुन्।
प्रवीण थापाले निर्देशन गरेको गीतको भिडियोमा करिष्मा ढकाल, श्यामकुमार राना, रामहरी न्यौपानेलगायतलाई देख्न सकिन्छ।
प्रकाशित मिति: १९:०६ बजे, शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)

