Kathmandu Press

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जिते

काठमाडौं, चैत १ : नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले जितेका छन्।

शन....

 कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जिते

काठमाडौं, चैत १ : नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले जितेका छन्।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै धादिङका पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि हत्ताएका हुन्।

उक्त कार्यक्रमको फाइनलका लागि सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त पुगेका थिए । यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।
 

प्रकाशित मिति: १९:३७ बजे, शनिबार, चैत १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्