Kathmandu Press

सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्छ : प्रधानमन्त्री दाहाल

शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै  प्रधानमन्त्री प्रचण्डले बजेटको प्रभावकारी कार्यान्वयन गर्न अव सरकारले बजेट बनाउने तरिका बदल्ने बताएका हुन्।
सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्छ : प्रधानमन्त्री दाहाल

उदयपुर, माघ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन्। 

शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै  प्रधानमन्त्री प्रचण्डले बजेटको प्रभावकारी कार्यान्वयन गर्न अव सरकारले बजेट बनाउने तरिका बदल्ने बताएका हुन्।

Hardik ivf

आगामी जेठमा आउने आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तव्यमा ३ करोड भन्दा कम लागतका योजनाहरु संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उहाले बताए।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा  फर्किएको स्पष्ट पारे।

त्यस्तै उहाले शान्तिप्रक्रियाका केही कामहरु राजनैतिक दलहरुको सहमतिमा टुङ्ग्याइने बताए। प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १७:३० बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्