Kathmandu Press

मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा, चैत १ : १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। 

शनिबार पोखरा रंगशालामा भएको फाइनल....

मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा, चैत १ : १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। 

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि उचालेको हो। 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर, अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट लिइएको थियो।  

मनाङका लागि पेनाल्टी सुटआउटमा अञ्जन विष्ट, पुजन नगरकोटी, सुरज विश्वकर्मा र रञ्जन विष्टले गोल गरेका थिए। मनाङका निशान लिम्बुको प्रहार भने पुलिसका गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए। 

पुलिका लागि कप्तान भोला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गर्दा अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका गोलरक्षक अशोक बरालले बचाएका थिए। 

उपाधिसँगै मनाङले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँमै चित्त बुझाउनु पर्‍यो। उपाधिसँगै मनाङले सर्वाधिक आहा रारा गोल्डकपको उपाधि जित्ने पुलिससँगको कीर्तिमानी पनि बराबरी गरेको छ।

मनाङ र पुलिसले सर्वाधिक ६–६ पटक आहा रारा गोल्डकपको उपाधि जित्ने टोली हुन्।


 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, चैत १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्