Kathmandu Press

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष जबरा

काठमाडौं, चैत १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने ....

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष जबरा

काठमाडौं, चैत १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ। मुलुकप्रतिको कर्तव्य निर्वा गर्न सक्नु भएको छैन। राजीनामा दिएर आराम गरे हुन्छ।’

अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे। उनले भने,‘उहाँ स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन। त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ।’

उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए। उनले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भिर आरोप लगाए।

‘नेपाली जनताले भारी बहुमत दिएर यो नेकपालाई सरकारमा पठाएको हो। तर, सरकारले कुनै पनि किसिमको सेवा दिन सकेन। सरकार सेवा दिने कुरामा असफल भयो,’उनले भने।

अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए।

उनले भने,‘अहिले व्यापक भ्रष्टाचार बढेको छ। सरकारले काण्डैकाण्ड घटाएको छ। ललिता निवासकाण्ड, बूढीगण्डकीकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण र संवैधानिक निकायमा राजनीतिकरण भएको छ। न्यायालयमा त झनै बढी राजनीतिकरण भएको छ।’ 
 

प्रकाशित मिति: १६:४३ बजे, शनिबार, चैत १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्