Kathmandu Press

मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार

इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँआप्रवासीको उद्धार गरिएको छ।'
मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार

मेक्सिको सिटी, माघ २० :  मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ।

इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँआप्रवासीको उद्धार गरिएको छ।'

ती आप्रवासीहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ३६ वटा देशबाट आएका थिए। 'सहायता प्राप्त गर्ने व्यक्तिमा ३०६ महिला र ९८९ वयस्क पुरुषहरू छन्। उनीहरू एक्लै यात्रा गरिरहेका थिए, र २९२ परिवारको समूहमा एक हजार २०५ जना र एक किशोरी रहेका छन्,' विज्ञप्तिमा भनिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले मानव बेचबिखनको सम्भावित अपराधका लागि अनुसन्धान सुरु गरेको छ। यसैबीच मानव बेचबिखनको सम्भावित अपराधका लागि पाँच जना मेक्सिकोका नागरिकलाई अपराधमा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ।

प्रकाशित मिति: १३:२५ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्