Kathmandu Press

भक्तपुरमा टिपरको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु

भक्तपुर, चैत १ : भक्तपुरको चाँगुनारायण–९ स्थित जय ब्रम्हायणीमा टिपरको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ। 

इँट्टाभट्टा....

भक्तपुरमा टिपरको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु
सांकेतिक

भक्तपुर, चैत १ : भक्तपुरको चाँगुनारायण–९ स्थित जय ब्रम्हायणीमा टिपरको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ। 

इँट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपर शनिबार बिहान जय ब्रम्हायणी इँटाभट्टामा खेलिरहेका बेला ठक्कर दिँदा डेढ वर्षे बालक शिशिर मोक्तानको मृत्यु भएको हो। शिशिर सर्लाही जिरायलका १९ वर्षीय ईश्वर मोक्तानका छोरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

ठकरबाट गम्भीर घाइते भएका मोक्तानको मध्यपुर अस्पताल ठिमी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर र चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, चैत १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्