Kathmandu Press

नवीनतम ‘स्टार्ट अप’ उद्योगका लागि प्रस्ताव खुला        

सूचनाअनुसार २१ दिनभित्र यस्तो प्रस्ताव पेस गर्न सकिनेछ।
नवीनतम ‘स्टार्ट अप’ उद्योगका लागि प्रस्ताव खुला        

काठमाडौं, माघ १९ : सरकारले दिने घोषणा गरेको ‘स्टार्टअप’ उद्यम कर्जाका लागि प्रस्ताव आह्वान गरिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि शुक्रबार उक्त प्रश्ताव आव्हान गरिएको हो।

सूचनाअनुसार २१ दिनभित्र यस्तो प्रस्ताव पेस गर्न सकिनेछ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उक्त प्रस्ताव मागेको हो। सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा दिने तयारीमा सरकार छ। प्रश्ताव अनुसार स्टार्टअप उद्यमको मापदण्ड पूरा गरेका, तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्ताव पेस गर्न सक्ने छन्। 

Hardik ivf

प्रारम्भमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा पाइने छ। उक्त रकम तीन किस्तामा पाइने छ। ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधि तय भएको छ। यसअघि नवीनतम ‘स्टार्ट अप उद्यम’ का लागि कर्जा पाउन १६ क्षेत्र तोक्दै कार्यविधि जारी भएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ मा उक्त क्षेत्र किटान गरिएको छ। 

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने छ। कम्पनी दर्ता भएको सात वर्षभन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने भनिाएको छ। 

 

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्