रेडक्रसभित्रको अनियमितताबारे छानविन गर्न माग गर्दै संसदीय समितिमा उजुरी
काठमाडौं, चैत १ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानविन गर्नु पर्ने माग गरिएको छ।
महिला तथा सामाजिक समितिको बैठक....

काठमाडौं, चैत १ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानविन गर्नु पर्ने माग गरिएको छ।
महिला तथा सामाजिक समितिको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानविनन गर्नुपर्ने माग गरेका हुन्।
सोसाइटीमा देखिएको अनियमितताबारे छानविन गरेर दोषीमाथि कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिएका छन्।
उनीहरुले सोसाइटीको नेतृत्व तहले संस्थामा राजनीतिकरण, संस्थाको जग्गा हिनामिना र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै समितिमा उजुरी गरेका हुन्। सांसद लक्ष्मी परियार, विमला परियार र थममाया थापालगायतले सोसाइटीमा देखिएको अनियमिताका बारेमा प्रक्रियागत ढङ्गबाट छानबिन गर्नुपर्ने बताए।
समितिका सभापति निरुदेवी पालले आवश्यक छलफल र अनुसन्धानका आधारमा छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताइन्। रासस









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

