Kathmandu Press

क्षयरोग मुक्त नेपालका लागि औषधाेपचारका साथै जनचेतना आवश्यक : मन्त्री बस्नेत

शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्राे चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउन जनचेतना फैलाउनुपर्ने बताएका हुन्।
क्षयरोग मुक्त नेपालका लागि औषधाेपचारका साथै जनचेतना आवश्यक : मन्त्री बस्नेत

सिन्धुपाल्चोक, माघ १९ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधाेपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन्।

शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्राे चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउन जनचेतना फैलाउनुपर्ने बताएका हुन्। करिब ८ अर्ब स्वास्थ्य क्षेत्रमा ग्लोबल फन्डबाट पैसा आउने गरेको भन्दै यसको सदूपयोग गर्नेमा आफुले जोड दिएको उनले बताए।

उनले स्वास्थ्य क्षेत्रमा आफूले राम्रो काम गर्दा सफल हुन नदिने षडयन्त्र भए पनि आफूलाई प्रधानमन्त्रीलगायत सबैको साथ रहेकाले निरन्तर सुधारका काममा अघि बढ्ने जिकिर गरे। मन्त्री बस्नेतले पहुँचका भरमा सधैभरि सुविधा सम्पन्न अस्पतालमा बस्ने व्यवस्थालाई अन्त्य गरी ८ सयभन्दा बढी चिकित्सकहरुलाई दुर्गम क्षेत्रमा उपचार सेवा प्रदान गर्न पठाइएको धारणा राखे।

त्यसअघि स्वास्थ्य मन्त्री बस्नेतले शुक्रबार नै सिन्धुपाल्चोकस्थीत चौतारा अस्पतालको निरिक्षण गरेका थिए। सो क्रममा उनले सर्वसाधारणको उपचारमा कमी हुन नदिने गरी काम गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्