यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान
दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।काठमाडौं, माघ १९ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ।
दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यतीले एकैपटक दुई विमान थपेको हो। यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ।
थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ। एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ।
प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन झण्डै १६ हजार घट्यो सुनको मूल्यसोमबार, मंसिर १०, २०८१
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदातासोमबार, मंसिर १०, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१