Kathmandu Press

मंगाेलियामा ग्यास विस्फोट हुँदा पाँचको मृत्यु

करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो। देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना अग्नि नियन्त्रकसहित अन्य तीन जनाको मृत्यु भएको बताएको थियो।
मंगाेलियामा ग्यास विस्फोट हुँदा पाँचको मृत्यु

उलानबटोर, माघ १८ : गत हप्ता मंगाेलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ। 

करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो। देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना अग्नि नियन्त्रकसहित अन्य तीन जनाको मृत्यु भएको बताएको थियो।

घटनापछि थप तीन जना अग्निनियन्त्रकको मृत्यु भएको बताइएको थियो । राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार एएफपीलाई थप दुई जनाको मृत्यु भएको र मृतकको सङ्या पाँच पुगेको बताएको छ।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्