Kathmandu Press

हुम्लामा हिमपात, किसान खुसी

बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो। उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा आज बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ। 
हुम्लामा हिमपात, किसान खुसी
Hardik ivf

सिमकोट (हुम्ला), माघ १८ : हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी भएका छन्। बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो। उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा आज बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ। 
   
लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको किसान कर्ण बोहराले बताए। यस पटकको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग पुगेको बोहराले बताए। 
   
हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौँपछि आएको हिउँले भने खुसी ल्याएको बोहराको भनाइ छ। खेतबारीमा लगाएका बाली सुक्न थालेको समयमा हिमपात र वर्षा हुँदा सहज भएको हो। स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उनको भनाइ छ। 
    
'कात्तिके बाली लगाउन कठिन भइरहेको बेला यो पटक परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको छ', किसान मुक्ति रावतले भने। किसान खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए। 
  
उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ परेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए। हिमपात सुरु भएसँगै लिमीमा चिसो अत्यधिक बढेको बोहराले बताए। चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ। 

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, माघ १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्