Kathmandu Press

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी श्रीमती घर फर्किएपछि घरलाई ‘उप कारागार’ घोषणा

मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन्। 
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी श्रीमती घर फर्किएपछि घरलाई ‘उप कारागार’ घोषणा

इस्लामाबमद, माघ १८ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिक रूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहके छन्।  भ्रष्टाचारको आरोपमाआफ्ना श्रीमानसँगै १४ वर्ष कारागार परेकी उनी  बुधबार त्यस्ताे गरिएकाे हाे।

मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन्। 

Hardik ivf

मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मंगललबार १० वर्षको कारागार सजाय पाएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा छन्। पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असङ्ख्य अन्य आरोप लगाएको बताएका छन्। 

उनकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले बताएको छ। 'मुख्य आयुक्त, इस्लामाबाद क्यापिटल टेरिटोरीका दोषी श्रीमती बुशरा बिबीको निवासलाई सन् २०२४ जनवरी ३१ देखि अर्को आदेश नभएसम्मका लागि उप–कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ,' आदेशमा भनिएको छ। 

अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ। पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेब्रुअरी ७ मा मतदान हुँदैछ। निर्वाचनमा खानलाई निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको छ र उहाँको पाकिस्तान तेहरिक–ए–इन्साफ ९पिटिआई० माथि ठूलो कारबाही गरिएको छ। 

गत वर्ष खानको पहिलो गिरफ्तारीपछि दङ्गा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो र तीमध्ये करिब एक सय जनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए। बिबीले खानसँग सन् २०१८ मा विवाह गरेकी हुन्। खान प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा केही महिना पहिला दुवैले मुलुकलाई बदनाम र हैरान बनाएका थिए। 

क्सफोर्डबाट शिक्षित खानले आफ्नो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वाइका रूपमा ख्याति कमाएका थिए। प्राय समाजका सुन्दरी र मोडेलहरूसँग उनको फोटो खिचिन्थ्यो। ब्रिटिस करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उनको पहिलो विवाह सम्बन्धविच्छेदमा टुंगिएको छ। 

त्यसपछि उनले टेलिभिजन पत्रकार रेहम नैय्यरसँग विवाह गरे। एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैय्यरले ‘किस–एन्ड–टेल’ संस्मरण प्रकाशित गरेक थिए। तेस्री श्रीमती बिबी सार्वजनिक रूपमा कमै देखिन्छिन् र बाहिर निस्कँदा अनुहार ढाक्ने हिजाब लगाउँछिन्।

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्