Kathmandu Press

पार्वती माविको ६४औं वार्षिकोत्सव

पार्वती माविको ६४औं वार्षिकोत्सव

काभ्रे, माघ १७ : नेपाल सरकारबाट नमूना विकासका लागि छनोट भएको दक्षिणी काभ्रेको अग्रणी सामुदायिक विद्यालय पार्वती माध्यमिक विद्यालयले आफ्नो ६४औं वार्षिकोत्सव मनाएको छ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष अधिकारीले व्यक्ति विकासको प्रमुख आधार भनेको शिक्षा भएको बताए। उनले शिक्षाले भाषाभाषी, भेषभुषा र सांस्कृतिक मौलिक परम्पराका साथै सामाजिक, आर्थिक क्षेत्रलाई साथै एक सभ्य, नैतिकवान् र चरित्रवान् बनाउने भएकोले स्थानीय सरकारले शिक्षा विकासमा दिगो लगानी गर्नुपर्ने बताए।

अध्यक्ष अधिकारीले शिक्षाले समाज, अर्थतन्त्र, सँस्कृति र राजनीति कसैलाई पनि बलियो बनाउन सकेन भने शिक्षामा लगानी नपुगेको हुन सक्ने भएकोले शिक्षामा लगानी गर्न राज्य कटिवद्ध हुनु पर्नेमा जोड दिए।

Hardik ivf

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीयस्तरमा नै दिएकोले निजी विद्यालयमुखी वर्तमान समयलाई चुनौति दिनेगरी शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकाहरुलाई आग्रह गरिन्।

LVJR6IgP-1706714275.jpeg

सो अवसरमा २०६६ सालमा विद्यालयले आयोजना गरेको सप्ताह ज्ञान महायज्ञमा १० हजार भन्दा माथि चन्दादान गर्ने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरुको शिलालेखको पनि अनावरण गरिएको थियो।

विद्यालयलाई ११ आना जग्गा प्रदान गर्ने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद तिमल्सिना, लक्ष्मी तिमल्सिना र राजेन्द्र तिमल्सिनालाई सम्मान गरिएको थियो।

प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले विद्यालयको ६४औं वार्षिकोत्सव समारोहमा उपस्थित सबै अभिभावक, शिक्षक, विद्यार्थी, चन्दादाता, पूर्वविद्यार्थी, समाजसेवी, बुद्विजिवीलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति: २१:०३ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्