Kathmandu Press

कोरोना भाइरस: भारतमा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

काठमाडौं, चैत्र १ : भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज....

कोरोना भाइरस: भारतमा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

काठमाडौं, चैत्र १ : भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको हो । ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन् । ज्यान गुमाएकी महिलामा उनको छोराबाट संक्रमण सरेको अनुमान छ ।

गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी  भारत‍मा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति रहेका थिए । 

प्रकाशित मिति: ०७:४१ बजे, शनिबार, चैत १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्