नेपालको आर्थिक बृद्धिदर पाँच प्रतिशतले हुने मुद्रा कोषको प्रक्षेपण
कोषद्वारा मंगलबार सार्वजनिक वर्ल्ड इकोनोमिक आउटलुक–२०२४ मा उक्त प्रक्षपण गरिएको हो।
काठमाडौं, माघ १७ : सन् २०२४ मा नेपालको आर्थिक बृद्धिदर पाँच प्रतिशतले हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले गरेको छ। कोषद्वारा मंगलबार सार्वजनिक वर्ल्ड इकोनोमिक आउटलुक–२०२४ मा उक्त प्रक्षपण गरिएको हो।
सन् २०२४ मा विश्व अर्थतन्त्र तीन दशमलव एक प्रतिशतले वृद्धि हुने जनाइएको छ। उक्त प्रतिवेदनले सन् २०२४ को मुद्रास्फिति दर ६ दशमलव सातले बढ्ने उल्लेख गरेको छ।
अमेरिकाको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने समेत जनाएको छ। आईएमएफको प्रक्षेपण अनुसार भारतको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत र चीनको चार दशमलव ६ प्रतिशत हुनेछ।
प्रतिवेदनले अमेरिकाको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने देखाएको छ।
प्रकाशित मिति: १३:२१ बजे, बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












