Kathmandu Press

पौडेलको पूर्वाग्रह : आधिकारीक उम्मेदबार हराउनेलाई कारबाही नगर, उम्मेदबारी बदर भएकालाई कारबाही गर

काठमाडौं, फागुन ३० : कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीका आधिकारी उम्मेदबारलाई हराउन भूमिका खेलेको प्रमाण सहित परेको उजुरी पुष्टि भएका पुष्करनाथ ओ....

पौडेलको पूर्वाग्रह : आधिकारीक उम्मेदबार हराउनेलाई कारबाही नगर, उम्मेदबारी बदर भएकालाई कारबाही गर

काठमाडौं, फागुन ३० : कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीका आधिकारी उम्मेदबारलाई हराउन भूमिका खेलेको प्रमाण सहित परेको उजुरी पुष्टि भएका पुष्करनाथ ओझालाई कारबाही नगराउन र आफु चुनाव हारेपछि उम्मेदबारी खारेज भएका आफ्नै जिल्लाका गोविन्दराज जोशीलाई कारबाही गर्न माग गर्दै पूर्वाग्रहपूर्ण विज्ञप्ति जारी गरेका छन्।

शुक्रबार बिहान पौडेलले जारी गरेको विज्ञप्तिमा कैलाली क्षेत्र नम्बर ५ का कांग्रेसका आधिकारी उम्मेदबारलाई हराउन भूमिका खेलेका ओझालाई कारबाही गर्न नहुने अडान राख्दै आफु विरुद्ध तनहु क्षेत्र नम्वर १ मा उम्मेदबारी दिएपछि निर्वाचन आयोगबाट खारेजी भएका जोशीलाई भने कारबाही गर्न माग गरेका छन्। 

केही महिना अघि पौडेल पनि सहभागि भएको कैलालीको एउटा कार्यक्रममा ओझाले ‘कुन उम्मेदबारलाई समर्थन गर्ने र नगर्ने भन्ने आफ्नो व्यक्तिगत स्वतन्त्रता’ भएको बताउदै कैलाली क्षेत्र नम्वर ५ को कांग्रेसका उम्मेदबार डा. आरजु राणा देउवालाई हराउन आफु लागेको धारणा सार्वजनिक रुपमै बताएका थिए। उक्त कार्यक्रममा ओझाले पार्टीको आधिकारीक उम्मेदबारलाई आफुले असहयोग गरेको भन्ने अडियो सहित कारबाहीको लागि कैलालीका नेताहरुले पार्टी केन्द्रिय अनुशासन समितिमा उजुरी दर्ता गरेका थिए । उक्त उजुरी उपर छानविन गरेर अनुशासन समितिले ओझासँग स्पष्टिकरण सोधेको थियो। पहिलो स्पष्टिकरण चित्तबुझ्दो नभएपछि अघिल्लो हप्ता समितिले पुन उक्त विषयमा ओझासँग दोस्रो स्पष्टिकरण सोधेको थियो। 

अनुशासन समितिले ओझालाई सोधेको स्पष्टिकरणको पत्र

उक्त कार्यक्रममा ओझाले भनेका थिए, 'म कांग्रेसका उम्मेदबारको पक्षमा प्रचार गर्न सक्दिन । मैले समयमै जानकारी दिए । मैले सुरुमै सहयोग गर्न सक्दैन भनेको थियो। प्रचारमा जान सक्दिन भनेको थिए। त्यो निर्वाचनमा नपरेको उम्मेदबारलाई असहयोग गर्ने प्रजातान्त्रिक हक मलाई थियो। मैले सहयोग गरिन्।'

ओझाको अडियो परिक्षण भएर पुष्टि भएपछि अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदबारलाई हराउन भूमिका खेलेको निष्कर्ष निकाल्दै कारबाही गर्ने तयारी गरेको छ । तर पौडेलले पार्टीको आधिकारीक उम्मेदबारलाई हराउन लागेका ओझालाई कारबाही गर्न नहुने धारणा शुक्रबार विज्ञप्ति मार्फत राखेका छन्।

यसले पौडेलले पार्टीलाई विधि विधानले भन्दा पनि आफ्नो हितमा मात्रै चलाउनु पर्छ भन्ने अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका छन्। 

कांग्रेस उम्मेदबारलाई हराउने धारणा राखेका ओझाको अडियो 

पौडेलले विज्ञप्तिमा भनेका छन्, 'स्वयम बागी उम्मेदबार बनेर खुलेआम अन्र्तघात गर्ने व्यक्ति र आफुलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई संगै जोडेर जो कारबाहीको नाटक मञ्चन गरिएको छ ,यो घृणित षणयन्त्र हो ।'

पौडेलको विज्ञप्तिमा आफै सहभागि कार्यक्रममा ओझाले खुलेआम आफुले पार्टीको आधिकारीक उम्मेदबारलाई मन नपरेर हराएको भनेका छन् । पौडेलले ओझालाई कारबाही गर्न नहुने अडान राखेका छन् भने आफ्नो गृह जिल्लाका जोशीलाई भने कारबाही गर्नुपर्ने दोहोरो चरित्र विज्ञप्तिमै देखाएका छन्।

यद्यपी जोशीको हकमा भने पौडेलकै क्षेत्रमा दर्ता भएको उम्मेदबारी निर्वाचन आयोगले खारेज गरेको थियो। जोशीले पौडेललाई हराउन लागेको भन्ने आरोप पुष्टि हुनेगरी कुनै प्रमाण अनुशासन समितिमा पेश भएको छैन। जोशीले पौडेलको निर्वाचन क्षेत्र नम्वर १ मा उम्मेदबारी दर्ता गरेपनि निर्वाचन आयोगले उनको उम्मेदबारी खारेज गरेपछि उनी चुप लागेका बसेका थिए। पौडेलले आफुलाई हराउन जोशी लागेको भन्ने कुनै पनि प्रमाण अनुशासन समितिमा पेश गर्न सकेका छैनन्।

पार्टीको कसैको पक्षमा हुदा र नहुदा विधि र विधानको व्याख्या फरक हुनुहुदैन। यदी कसैले पार्टीको आधिकारीक उम्मेदबारलाई हराउन लागेको स्विकार गरेको छ र त्यो प्रमाण अनुशासन समितिमा छ भने उसलाई कारबाही हुनुपर्छ । ‘पौडेललाई समर्थन गरे सात खुन माफ हुने, विरोध गरे प्रमाणनै नपुगेपनि कारबाही हुनुपर्छ भन्ने कस्तो लोकतन्त्रको कल्पना हो यो’ काग्रेसका एक केन्द्रिय सदस्यले भने, ‘आधिकारीक उम्मेदबारलाई हराउन लागेको पुष्टि भए तत्काल कारबाही हुनुपर्छ ।'

प्रकाशित मिति: २२:११ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्