Kathmandu Press

छुट्टी लिनु मुटुको स्वास्थ्यका लागि राम्रो : अध्ययन

हामी सबैलाई भ्याकेसन मनपर्छ। रिल्याक्स हुन्छ। उत्साह बढ्छ। भिन्न सँस्कृतिको अनुभवले सिकाइ पनि हुन्छ। भ्याकेसनले मुटु पनि स्वस्थ राख्ने देखिएको छ।

सन् २०१९ मा....

छुट्टी लिनु मुटुको स्वास्थ्यका लागि राम्रो : अध्ययन

हामी सबैलाई भ्याकेसन मनपर्छ। रिल्याक्स हुन्छ। उत्साह बढ्छ। भिन्न सँस्कृतिको अनुभवले सिकाइ पनि हुन्छ। भ्याकेसनले मुटु पनि स्वस्थ राख्ने देखिएको छ।

सन् २०१९ मा प्रकाशित साइकोलोजी एन्ड हेल्थ नामक जर्नलमा प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार छुट्टी मनाउन जाने गरे व्यक्तिको मेटाबोलिक लक्षण घटाउने देखिएको छ।

अध्ययनमा तलबी विदा मनाउन योग्य ६३ जना कामदार सहभागी थिए। बाह्र महिनाको अवधिमा उनीहरूले लिएको छुट्टीको समय अध्ययन गरिएको थियो।

Hardik ivf

“समग्रमा विदालाई सकारात्मक घटनाको रूपमा अनुभव गरिन्छ,” अनुसन्धाताले लेखेका छन्,“व्यक्तिमा भर पर्ने सकारात्मक अनुभवले शारीरिक स्वास्थ्यमा फाइदा पुर्‍याउँछ। विदाको आवृत्तिले मेटाबोलिक सिन्ड्रोम र त्यसका लक्षणबाट सुरक्षा दिनसक्छ।”

अध्ययनका सहभागीले झण्डै पाँच वटा भ्याकेसन लिए। त्यसमा दुई साताको तलबी विदा पनि जोडिएको थियो। उनीहरूले ती विदालाई एकदमै सकारात्मक बनाए।

अध्ययन अनुसार कसैले फेरि विदा लिँदा मेटाबोलिक सिन्ड्रोमको जोखिम झण्डै चौथाइले घटेको छ। त्यसबाहेक, बालस्याहार र आर्थिक भारजस्ता तनाव पनि कम भएको सहभागीले बताए।

तर अधिकांश अमेरिकीले सबै तलबी विदा प्रयोग नगर्ने खुलेको छ। आलियाञ्ज ग्लोबल एसिस्टेन्सले गरेको अध्ययन अनुसार ३६ प्रतिशत अमेरिकीले अन्तिम पटक दुई वर्षभन्दा धेरै अघि विदा लिएका थिए। ५१ प्रतिशत अमेरिकीले विदा नलिएको एक वर्षभन्दा धेरै भएको पनि खुलेको छ।

सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चले जनाए अनुसार तलबी विदाको ग्यारेन्टी नगर्ने धनी राष्ट्रमध्ये अमेरिका पनि एक हो।

कामबाट केही समय विश्राम लिए शारीरिक मात्रै नभएर मानसिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ। त्यसैले एउटा देशदेखि अर्को देशमा विदा मनाउन जाँदा मानसिक अवस्था पनि ताजा हुन्छ।

लामो सप्ताहन्तमा “माइक्रो केसन”  वा कामकै सिलसिलामा कतै यात्रा गर्नुपरे “स्टेकेसन” वा केही रमाइलो गर्ने समय पनि निकाल्नुहोस्। काम र मनोरञ्जन संयोजन गर्ने “ब्लिजर” को लोकप्रियता बढ्दै गएको छ। तर जुनसुकै विदा वा ब्रेक लिए पनि मुटुलाई पुग्ने फाइदाबारे नबिर्सिनुहोस्।

ट्राभल एण्ड लिजरबाट 

प्रकाशित मिति: ०६:३१ बजे, शनिबार, चैत १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्