Kathmandu Press

चलचित्र ‘खुस्मा’ को छायांकन मनाङबाट

हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्र ‘खुस्मा’ को छायांकन मनाङबाट

मनाङ, माघ १६ : चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायांकन सुरु भएको छ। पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायांकन सुरुआत गरिएको हो।

हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको निर्माण पक्षको भनाइ छ। 

यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन्। मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ। यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन्। 

यस चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायांकन गर्नुहुनेछ। चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ। एम मिडिया प्रालिको ब्यानरमार्फत निर्माण भइरहेको चलचित्रलाई गोविन्द शाही वितरक रहेका छन्। 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्