Kathmandu Press

पदाधिकारीहरुको सुविधा थप्नु अनुपयुक्त : शेखर कोइराला

कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आएपछि कांग्रेसका नेता डा कोइरालाको यो प्रतिक्रिया आएको हो।  
पदाधिकारीहरुको सुविधा थप्नु अनुपयुक्त : शेखर कोइराला

मोरङ, माघ १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन्।

कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आएपछि कांग्रेसका नेता डा कोइरालाको यो प्रतिक्रिया आएको हो।  

Hardik ivf

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आज विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उनले भने, 'प्रदेश सरकारले जनताका आधारभूत सुविधा थाप्ने हो तर आफ्नो सेवा सुविधा बढाउने होइन।'

यसरी आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरुलाई मात्र आएको सन्देश जाने भएकाले लोकतन्त्रको फल नागरिकले पनि पाउनेगरी काम गर्नुपर्नेमा उनले जोड दिनुभयो।

कांग्रेस नेता डा कोइरालाले नेपाली कांग्रेस पार्टी समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताए।

उहाँले अर्को एक प्रसङ्गमा उनले स्थानीय सिङ्घिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान खोजिने आश्वासन पनि दिए।

विराटनगर महानगरपालिकाले जापानी सहयोग संस्था जाइकासँग गरेको सम्झौताले यस नगर क्षेत्रका नागरिकलाई स्वच्छ पानी उपलब्ध हुने विश्वास पनि व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्