Kathmandu Press

बाँदर छेक्न वडाको ‘मेरो रुख म काट्छु’ अभियान

सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।
बाँदर छेक्न वडाको ‘मेरो रुख म काट्छु’ अभियान

पोखरा, माघ १६ : पोखरा महानगरपालिका वडा नम्वर– १९ ले बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान शुरु गरेको छ। 

पोखरा महानगरपालिका– १९ लामाचौर पुरुनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको बताउँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस्तो अभियान शुरु गरेका हुन्।

बाँदर छेक्न भन्दै  बोटविरुवा, वन फडानी गर्न अभियान चलाइएपछि सामाजिक सञ्जालमा चर्चा र टिकाटिप्पणीको बिषय समेत बनेको छ। 

गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेको छ। सोही नीति अनुरुप घर वरपर रहेका रुखहरु कटान गर्दा सरकारको नीतिलाई नै सहयोग पुग्ने दाबी वडाध्यक्ष पाण्डेको छ।

बाँदर रोक्ने अभियानका लागि माघ १५ गतेको मितिमा वडाद्वारा जारी सूचनामा भनिएको छ, ‘सूचना जारी गरेको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडाबासीलाई अनुरोध छ।’ 
 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्