मोदीलाई प्रधानमन्त्री ओलीको जवाफ- कोरोनाविरुद्ध मिलेर अघि बढ्न तयार छौं
काठमाडौं, फागुन ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग मिलेर काम गर्न तयार....

काठमाडौं, फागुन ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्न गरेको प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्ध मिलेर लड्न तयार रहेको बताएका हुन्।
ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने बताएका हुन्।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— KP Sharma Oli (@PM_Nepal) March 13, 2020
उनले त्यसका लागि सरकार तयार रहेको पनि बताए। भारतीय प्रधानमन्त्रीको प्रस्तावको पाकिस्तान र अफिगानिस्तानबाहेक सार्कका सबै सदस्य राष्ट्रले स्वागत गरेका छन्।











