Kathmandu Press

नेपाल वायुसेवा निगमले गर्‍याे अन्तर्राष्ट्रिय उडान कटौती

काठमाडौं, फागुन ३० : नेपाल वायुसेवा निगमले विभिन्न क्षेत्रको उडान कटौती गरेको छ। कोरोना भाइरस संक्रमणको त्रासले यात्रुको संख्यामा कमी आएकोले विभि....

नेपाल वायुसेवा निगमले गर्‍याे अन्तर्राष्ट्रिय उडान कटौती

काठमाडौं, फागुन ३० : नेपाल वायुसेवा निगमले विभिन्न क्षेत्रको उडान कटौती गरेको छ। कोरोना भाइरस संक्रमणको त्रासले यात्रुको संख्यामा कमी आएकोले विभिन्न रुटको उडान तालिका परिवर्तन गरेको निगमले जनाएको छ।

भारतको नयाँ दिल्लीमा दैनिक दुई उडान गर्दै आएको निगमले अब एक उडान मात्र गर्नेछ । आगामी मार्च १५ देखि काठमाडौं - दिल्ली - काठमाडौं दैनिक एक मात्र बिहानको उडानलाई निरन्तरता दिने निगमद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

त्यस्तै बैङ्गलोरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ। निगमले मुम्वईको प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्म स्थगित गरिएको छ।

त्यस्तै, बैंककको मार्च ११ र २५ को उडान एवं हङकङको मार्च १९ र २६ को उडान पनि रद्द गरेको छ। 

काठमाडौं - दोहाको उडान मार्च १० देखिनै अर्को सुचना जारी नभएसम्मलाई स्थगित गरिसकेको छ।

विभिन्न उडानका लागि टिकट खरीद गरिसकेका यात्रुले टिकट फिर्ता गर्दा भुत्तानी गरेको पुरै रकम उपलव्ध गराइने र टिकटका मिति एक पटक मात्र सार्नु परेमा शुल्क नलाग्ने निगमले जनाएको छ।

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्