Kathmandu Press

प्रधानमन्त्री ओली आजै साँझ डिस्चार्ज हुने

काठमाडौं, फागुन ३० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौल....

प्रधानमन्त्री ओली आजै साँझ डिस्चार्ज हुने
फाइल

काठमाडौं, फागुन ३० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको पुनः प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गर्न लागिएको हो। ‘पूर्ण स्वास्थ्यलाभपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न लागिएको हो,’ अस्पतालका कार्यकारी प्रा. डा. प्रेम कृष्ण खड्गाले भने।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको पनि उनले बताए। फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गाैलाको प्रत्यारोपण फागुन २१ गते गरिएको थियो। 

मिर्गौलाको पुनः प्रत्यारोपण गराएको १० औं दिनका दिन उनलाई डिस्चार्ज गर्न थालिएको हो। 

हेर्नुस् अस्पतालको विज्ञप्ति : 

 

 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्