सचेतनामूलक कार्यक्रम गरी 'विश्व उपभोक्त दिवस' मनाउने विभागको तयारी
काठमाडौं, फागुन ३० : 'उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशिलता' भन्ने नाराका साथ आगामी चैत २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्....

काठमाडौं, फागुन ३० : 'उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशिलता' भन्ने नाराका साथ आगामी चैत २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विश्व उपभोक्ता दिवस मनाउने भएको छ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विश्व उपभोक्ता दिवसको मिति सार्न नमिल्ने भन्दै कोरोना भाइरस सम्बन्धि सचेतनामूलक कार्यक्रम गरी मनाउने बताए।
'उक्त दिन र्याली, निबन्ध प्रतियोगिता विभिन्न गोष्ठी आयोजना गरेर मनाउने तयारी गरेका थियौं, तर कोरोना भाइरसको कारण सर्तकता अपनाउँदै सानो कार्यक्रम गर्ने तय भएको छ', उनले भने।
पछिल्लो समय कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सरकारले सभा, समारोह र भीडभाडमा नजान आग्रह गरेअनुसार विभागले पनि र्याली र ठूलो समारोह नगर्ने जनाएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

