Kathmandu Press

स्वास्थ्यमा असर खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई कडा कारबाही हुने गरी कानून बनाउनुपर्नेमा जोड

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मानव स्वास्थ्यमा असर पर्ने उत्पादन गर्ने उद्योगहरुलाई बन्द नै गर्ने गरि कानून बनाउनुपर्नेमा जोड दिएका हुन्।
स्वास्थ्यमा असर खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई कडा कारबाही हुने गरी कानून बनाउनुपर्नेमा जोड

काठमाडाैं, पुस १२ : सांसदहरुले मानव स्वास्थ्यमा असर खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कडा कारवाही हुने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मानव स्वास्थ्यमा असर पर्ने उत्पादन गर्ने उद्योगहरुलाई बन्द नै गर्ने गरि कानून बनाउनुपर्नेमा जोड दिएका हुन्।

Hardik ivf

विधेयकमाथिको संशोधनकर्ताहरु सांसदले कानूनलाई संघीयताको मर्म अनुसार अन्तिम रुप दिनुपर्ने सुझाव समेत दिएका छन्। सांसद जीवन परियारले विधेयकमा रहेका केन्द्रीकृत व्यवस्थालाई परिमार्जन गर्नुपर्ने सुझाव दिए। उनले विधेयकमा गुणस्तर र मापदण्डलाई पनि समेट्नुपर्ने, विधेयक कार्यान्वयनका लागि बनाउनुपर्ने नियमावलीलाई कम गर्नुपर्ने लगाएतका सुझाव दिए।

त्यस्तै सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको भ्रामक प्रचार गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। उहाले ल्याव परिक्षण नगरि गलत दावी गरेर बजारमा भ्रम फैलाएर व्यापार गर्न नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखे।

त्यस्तै सांसद सुमना श्रेष्ठले उत्पादनमा उत्जर्सन हुने फोहर सम्बन्धीत उद्योगहरुले व्यवस्थापन गर्नुपर्ने बताए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग दर्ता पूजि सिलिङका आधारमा केन्द्र, प्रदेश र स्थानीय तहले गर्ने विद्यमान व्यवस्था रहेको बताए। उनले बजार अनुगमन स्थानीय तहले पनि गर्दा सजाय तोक्ने अधिकार तोक्ने अधिकार पनि उनीहरुलाई नै दिन सकिने बताए।

समिति सभापति आरजु राणाले संशोधनकर्ता, सरोकारवालाहरुको सुझावका आधारमा  विधेयकलाई अघि बढाउने जानकारी दिए। 

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्