सार्क राष्ट्रलाई मोदीको प्रस्ताव : कोरोनाविरुद्ध एक भएर लडौं
काठमाडौं, फागुन ३० : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुलाई कोरोना भाइरसको संक्रमणवि....

काठमाडौं, फागुन ३० : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुलाई कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न प्रस्ताव गरेका छन्।
शुक्रबार उनले ट्वीटरमार्फत कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका हुन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं। संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्याउन सक्छौं।’
सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
— Narendra Modi (@narendramodi) March 13, 2020
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.











