Kathmandu Press

‘दुखी आत्मा’ मा दयाहाङकी जोडी आँचल

स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन्। अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन्।
‘दुखी आत्मा’ मा दयाहाङकी जोडी आँचल

काठमाडौं, माघ १५ : लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला ? भन्ने कौतुहलता मेटिएको छ। निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ। 

स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन्। अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन्।

निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो। ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो। यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ। 

आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ। फिल्मका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन्। काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्