गण्डकी प्रदेशसभा बैठक : प्रतिपक्षको अवरोधपछि तेस्रो दिन पनि स्थगित
पोखरा, फागुन ३० : गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार तेस्रो दिन पनि स्थगन भएको छ। प्रदेशसभा सच....

पोखरा, फागुन ३० : गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार तेस्रो दिन पनि स्थगन भएको छ। प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो।
बैठक शुरु हुनासाथ कांग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरिएको हो।
कांग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए। आफूहरूका माग सम्बोधन नहुँदासम्म कांग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाई छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

