Kathmandu Press

निफमा नेपालकोतर्फबाट निर्णायक समिति सदस्य मनोनीत

महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो। 
निफमा नेपालकोतर्फबाट निर्णायक समिति सदस्य मनोनीत

काठमाडौं, माघ १५ : नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करणमा नेपालको तर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ। 

महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो। 

Hardik ivf

'महोत्सवमा तीन विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, सोही विधामा दुई निर्णायक विदेशी चलचित्रकर्मी हुनेछन्, उहाँहरूको नाम केही समयमा नै सार्वजनिक गर्नेछौं,' अध्यक्ष पाठकले भने।

उनले आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए। कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको अध्यक्ष पाठकले बताए।

उनका अनुसार महोत्सवमा सहभागी चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम गरिनेछ।

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्